Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कार्यनीतिक लचकता र रणनीतिक दृढतावारे


तात्कालिक कार्यका निम्ति बन्ने बनाइने नीतिलाई कार्यनीति र दीर्घकालिन लक्ष प्राप्तिका निम्ति बन्ने बनाइने नीतिलाई रणनीति भनिन्छ । कार्यनीति र रणनीतिकाबीच गहिरो अन्तरसम्बन्ध हुन्छ । रणनितिक लक्ष प्राप्तिका निम्ति नै कार्यनितिक योजनाहरु ठोस गरिन्छन् । रणनीतिको मर्मप्रति कार्यनीति जिम्मेवार हुनुपर्दछ । रणनीतिको मुल्य र मान्यता विपरित कार्यनीति हुन सक्दैन । अर्को शब्दमा भन्नुपर्दा कार्यनीतिको काम रणनीतिको सेवा गर्नु हो । गलत कार्यनीतिले सही रणनीतिको सेवा गर्न सक्दैन, त्यस्तै गलत रणनीतिले सही कार्यनीतिको दिशावोध गर्न पनि सक्दैन । गलत कार्यनीति तर सही रणनीति भयो भने ‘पूर्वको यात्रा पश्चिमको साइत’ हुन्छ । सही कार्यनीति तर गलत रणनीति भयो भनेपनि त्यस्तै हुन्छ । त्यसकारण पहिलो कुरा रणनीति सही हुनुपर्दछ र दोस्रो कुरा त्यो सही रणनीतिलाई प्राप्त गर्नका निम्ति सही कार्यनीति हुनुपर्दछ ।

अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक उत्पीडनवाट गुज्रिरहेको मुलुकको कम्युनिस्ट पार्टीको न्युनतम लक्ष नयाँ जनवाद र अधिकतम लक्ष्य समाजवाद, साम्यवाद हो । न्युनतम र अधिकतम लक्ष नयाँ जनवाद समाजवाद, साम्यवाद प्राप्ति रणनीति हो । त्यो रणनीति अर्थात नयाँजनवाद, समाजवाद र साम्यवादलाई प्राप्त गर्नका निम्ति गरिने विभिन्न कानुनी वा गैर कानुनी तथा सडक वा सदनका संघर्षका योजनाहरु कार्यनीति हुन् ।

फरक फरक पार्टी, संगठनहरुकाबीच कार्यनीतिक सामिप्यता भएको अवस्थामा कार्यगत एकता र कार्यनीतिक संयुक्त मोर्चा हुनसक्छ । ठिक त्यसरी नै रणनीतिक सामिप्यता भएको अवस्थामा रणनीतिक संयुक्त मोर्चा हुनसक्छ । रणनीतिक संयुक्त मोर्चा पार्टी एकताको रुपमा बिकसित हुन पनि सक्छ । तर कार्यनीतिक सामिप्यताबिना कार्यगत एकता तथा कार्यनीतिक संयुक्त मोर्चा सम्भव हँुदैन । त्यस्तै रणनीतिक सामिप्यताबिना रणनीतिक संयुक्त मोर्चा तथा पार्टी एकता सम्भव हुँदैन ! भवितव्यवस कार्यनीतिक सामिप्यताबिना नै कार्यगत एकता वा कार्यनीतिक संयुक्त मोर्चा तथा रणनीतिक सामिप्यताबिना नै रणनीतिक संयुक्त मोर्चा वा पार्टी एकता भैहालेमा त्यो दिगो, दरिलो र टिकाउ हुँदैन ।
कम्युनिस्ट पार्टी कार्यनितिक रुपमा लचकदार हुनुपर्दछ । कार्यनीतिमा लचकदार बन्न सकेन भने कम्युनिस्ट पार्टी आफ्नो वर्ग र जनतावाट कट्न सक्छ । यो पार्टी देश र जनताको पार्टी बन्न सक्दैन । भोका, नाङ्गाको पार्टी बन्न सक्दैन ।

लेनिनले यसलाई ‘ठोस परिस्थितिको ठोस विश्लेषण ’ भन्नुभएको छ । नयाँ जनवादी या समाजवादी क्रान्ति सम्पन्न गर्न विभिन्न कालखण्डमा विभिन्न कार्यनीति अबलम्बन हुन्छन् । जस्तै : प्रतिक्रियावादी व्यवस्था अन्तर्गतको संसदीय चुनाव उपयोग र बहिस्कार । विविध समय सन्दर्भमा प्रतिक्रियावादी संसदीय चुनाव आवश्यकता अनुसार उपयोग या आवस्यकता अनुसार बहिस्कारको कार्यनीति ठोस गर्न सकिन्छ । कुनै खास सन्दर्भमा संसदीय चुनाव उपयोग गर्दा क्रान्तिको आधार निर्माण गर्न मद्दत मिल्न सक्ने ठहर भएमा त्यसलाई उपयोग गर्न सकिन्छ र कुनै अर्को खास सन्दर्भमा संसदीय चुनाव बहिस्कार गर्दा क्रान्तिको आधार निर्माण गर्न मद्दत मिल्न सक्ने ठहर भएमा बहिस्कार गरिन्छ । कुनै सन्दर्भ र समयमा बहिस्कार या उपयोग जे गरेको थियो अर्को सन्दर्भ र समयमा त्यही नै नहुन सक्छ ।

सारमा सर्वहारा वर्गको पार्टी बन्न सक्दैन । बस्तुगत परिस्थितिसंग मेल नखाने कार्यनीतिले रणनीतिलाई नोक्शानी गर्दछ । त्यसकारण बस्तुगत परिस्थिति संग मेल खाने कार्यनीतिको चयन गर्न सक्नु कम्युनिस्ट पार्टीको कर्तव्य हो । लेनिनले यसलाई ‘ठोस परिस्थितिको ठोस विश्लेषण ’ भन्नुभएको छ । नयाँ जनवादी या समाजवादी क्रान्ति सम्पन्न गर्न विभिन्न कालखण्डमा विभिन्न कार्यनीति अबलम्बन हुन्छन् । जस्तै : प्रतिक्रियावादी व्यवस्था अन्तर्गतको संसदीय चुनाव उपयोग र बहिस्कार । विविध समय सन्दर्भमा प्रतिक्रियावादी संसदीय चुनाव आवश्यकता अनुसार उपयोग या आवस्यकता अनुसार बहिस्कारको कार्यनीति ठोस गर्न सकिन्छ । कुनै खास सन्दर्भमा संसदीय चुनाव उपयोग गर्दा क्रान्तिको आधार निर्माण गर्न मद्दत मिल्न सक्ने ठहर भएमा त्यसलाई उपयोग गर्न सकिन्छ र कुनै अर्को खास सन्दर्भमा संसदीय चुनाव बहिस्कार गर्दा क्रान्तिको आधार निर्माण गर्न मद्दत मिल्न सक्ने ठहर भएमा बहिस्कार गरिन्छ । कुनै सन्दर्भ र समयमा बहिस्कार या उपयोग जे गरेको थियो अर्को सन्दर्भ र समयमा त्यही नै नहुन सक्छ ।

कार्यनीतिमा अनावस्यक बहश र बिवाद गर्ने तथा त्यही निहुँमा पार्टीलाई फुट र बिभाजनसम्म पुर्याउने चरित्र कम्युनिस्ट चरित्र होइन । बिगतमा नेपालको कम्युनिस्ट आन्दोलनमा त्यसप्रकारको गैर कम्युनिस्ट चरित्र पटक पटक प्रदर्शन भएका छन् । वास्तवमा त्यो गलत कार्य थियो । कम्युनिस्टका सन्ततिहरुले बिगतवाट पाठ सिक्दै वर्तमान र भविश्यमा त्यसप्रकारका गल्ति गर्नु हँुदैन । कार्यनैतिक सवालमा हुने बहस र छलफलले पार्टीलाई फुट होइन झन बढी एकता र सशक्त बनाउनुपर्दछ । कार्यनीतिको सन्दर्भमा कम्युनिस्टहरुले ‘छलफलमा स्वतन्त्रता र कार्यमा एकता’ को नीति अवलम्वन गर्नुपर्दछ । रणनीतिमा पुग्नका निम्ति हिँड्ने बाटो हो कार्यनीति ! त्यसकारण हिँडिरहेको बाटोमा अवरोध देखिए वा त्यो बाटोवाट आफ्नो रणनैतिक लक्षमा नपुगिने ठहर भएमा बाटो बदल्न सक्नुपर्दछ । अर्थात, परिस्थिति बदलिएमा बदलिएको परिस्थिति अनुसार कम्युनिस्ट पार्टीले आफ्नो कार्यनीति बदल्न सक्नुपर्दछ । बदलिएको परिस्थिति अनुसार कार्यनीति चौविस घन्टामा बदल्न सक्नु लेनिनवादी कार्यनैतिक लचकता हो ।

त्यस्तै, कम्युनिस्ट पार्टी रणनितिक रुपमा दृढ हुनुपर्दछ । रणनीतिमा कम्युनिस्ट पार्टी दृढ हुन सकेन भने पार्टी कम्युनिस्ट पार्टी रहँदैन । त्यो पार्टी बुर्जुवा पार्टीमा पतन हुन्छ । नयाँजनवाद, समाजवाद, साम्यवाद र त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी विचार, सिद्धान्त र क्रान्तिकारी बिधि, पद्दति, प्रक्रिया जस्ता रणनीतिक महत्वका विषयहरुमा कम्युनिस्टहरुले कहिल्यै सम्झौता गर्दैनन् । बरु कम्युनिस्टहरु कैयाँै फुट व्यहोर्न तयार हुन्छन् तर रणनीतिमा सम्झौता गर्न तयार हुँदैनन् । किनकि कम्युनिस्ट क्रान्तिकारीहरुले जसरी फुट या एकता मध्य एकता चाहन्छन् त्यसरी नै विचार, सिद्धान्त या एकता मध्य विचार, सिद्धान्त रोज्दछन् । उपयुक्त समयमा रणनीतिक सवालमा आवश्यक बहस, छलफल नै नगर्ने बरु सम्झौता, समन्वय र समर्पण गर्ने तर अनुपयुक्त समयमा बखेडा गर्ने मालेमावाद होईन, त्यो त खतरनाक अवसरवाद हो । अत : कार्यनीतिमा कठोर बन्नु हुदैन, रणनीतिमा उदार र लचिलो बन्नु हुदैन । साथै कार्यनीतिमा जड बन्नु हुँदैन, रणनीतिमा सम्झौता, समन्वय वा समर्पण गर्नु हुँदैन । यो मालेमावादी मान्यता हो ।

 

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट