Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यही सदनबाट हिन्दू राष्ट्र कायम गरौँ : धवलशमशेर जबरा


काठमाडौं, २७ चैत । राप्रपाका सांसद् धवलशमशेर जबराले यही सदनबाट हिन्दू राष्ट्र कायम गर्न सबै सांसद्हरूलाई आग्रह गरेका छन्। संसद्को विशेष समयमा बोल्दै सांसद् जबराले हिन्दू राष्ट्र कायम गर्न संविधानलाई संसोधन र परिवर्तन् गरेर सबैले श्रेय ल्याउन अनुरोध गरेका हुन्।

‘यो राष्ट्रमा पुनः सनातन हिन्दू राष्ट्र स्थापित हुन्छ। हामी सबै मिलेर संविधानलाई संसोधन गरौं, परिवर्तन गरौं, सबैले श्रेय ल्याऔं। पुनः यो राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्न यही सदनबाट सबै सांसद्हरूलाई अनुरोध गर्छु।’

जबराले देशमा काण्डैकाण्ड भइरहेको भन्दै राप्रपाले यसबारे नियालीरहेको बताए। जबराले भने, ‘चाहे त्यो एनसेल काण्डको कुरा होस् चाहे त्यो नक्कली भुटानी शरणार्थी काण्ड, अढाइ करोड। काण्डै काण्ड भएको कुरा राप्रपाले हेरिरहेको छ। राप्रपाले भ्रष्टाचार हुन दिनुहुन्न।’

सरकारमा बसेका ठूला ठूला मन्त्रीका छोरा छोरीहरूबाट ठूला ठूला काण्ड भइरहेकाले उनीहरूलाई कठघरामा ल्याउनुपर्ने बताए।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट