Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रदेश सरकारमा छिटै सहभागी हुन्छौं : अध्यक्ष नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।

मङ्गलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू सङ्घीय सरकारमा सत्तारूढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिटै सहभागी हुने बताए । उनले सङ्घ र प्रदेश सरकार दुवैमा आफूहरूको भूमिका हुने उल्लेख गरे ।

उनले भने, ‘हाम्रा पनि मन्त्रीहरू हुनुहुन्छ । गठबन्धन दलमा हामी पनि सामेल छौँ । अब बिस्तारै हामी प्रदेश सरकारमा पनि सहभागी हुन गइरहेका छौँ । त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भूमिका रहनेछ ।’

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्त्व दिनुपर्ने बताए । उनले शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्नेमा जोड दिए । उनले कुनै पनि बालबालिकालाई विद्यालयबाहिर राख्न नहुने बताए । सबैले कम्तीमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट