कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ लिने

काठमाडौं । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आज ३ बजे शपथ लिने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालय श्रोतले जनाएको छ । सभापति देउवाको कोटाबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।
परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot
प्रतिक्रिया