Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सांसद माझीको माग


काठमाण्डौं, ६ वैशाख । प्रतिनिधि सभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद माझीले यस्तो माग गरेकी हुन् । उनले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी तीन वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् । शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिए पनि त्योअनुसार निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको भन्दै सांसद माझीले आपत्ति जनाइन् ।

उनले भनिन्, ‘शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिएको छ । तर शिक्षा सहज र सम्मानजनक ढङ्गले बालबालिकाहरूले पाइरहेका छैनन् । महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाइरहेको मात्रै छैन, कयौँ मानिस गरिबीको खाडलमा जाकिँदै गइरहेका छन् । तसर्थ निजी विद्यालयले प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस् । वर्षैपिच्छे नयाँ–नयाँ किताब फेर्ने कामको अन्त्य गरी कम्तीमा तीन वर्षमा किताब फेर्न पाउने व्यवस्था गरियोस् भनी सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद माझीले शिक्षामा सबैको सहज पहुँच हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकार गम्भीर बन्नुपर्ने बताइन्


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट