Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपनिर्वाचन मतगणता अपडेट : चितवनमा लामिछाने र बारामा यादवको अग्रता कायमै


काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उनले ३६ हजार १ सय ५८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत ल्याएका छन् ।

यस्तै, बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवको अग्रता कायमै छ ।

उनले अहिलेसम्म ८ हजार ८ सय ८१ मत ल्याएका छन् भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ६ हजार १ सय ७९ र एमालेका पुर्षोत्तम पौडेलले ३ हजार ५ सय ३८ मत ल्याएका छन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट