Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ


काठमाडौं, १५ वैशाख । उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शुक्रबार बिहान सिंहदरबारमा आयोजित समारोहमा उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। सभामुख घिमिरेले शपथ खुवाउनुको साथै सांसदको लोगो वितरण गरेका थिए।

लामिछाने चितवन २ बाट निर्वाचित र स्वर्णिम तनहुँ १ बाट निर्वाचित भएका हुन्। यसअघि चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता विवादमा पदमुक्त भएपछि रिक्त सो स्थानका लागि बैशाख १० गते उपनिर्वाचन भएको थियो। उपनिर्वाचनबाट लामिछाने पुनःनिर्वाचित भएका हुन्।

यसैगरी तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो स्थान खाली त्यो। रिक्त सो स्थानका लागि उपनिर्वाचन भएको थियो। त्यहाँ रास्‍वपाबाट वाग्ले निर्वाचित भएका हुन्। वाग्ले कांग्रेस त्यागेर उपनिर्वाचनमा रास्‍वपाबाट उम्मेदवारी दिएका थिए।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट