Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्छः मन्त्री किराती


काठमाडौं, १५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन्।

‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ किरातीले भने। त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीले बताए। ‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौं,’ उनले भने।

मन्त्री किरातीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नपरेको पनि बताए। एउटा सामान्य व्यवसाय दर्ता गर्न दर्जनौँ मन्त्रालय र विभागका सैयौँ टेबलमा पुग्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई अन्त्य गरिनुपर्ने बताए। विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम र पैसामा चाबी लगाएर मरूभूमिमा श्रम गर्न पठाउने मुलुकको नीतिमा नै खोट रहेको उनले बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #sudan kirati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट