Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रास्वपाका उपसभापति अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।

हिजो शनिवार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका पार्टीले जनाएको छ ।

पार्टीको संसदीय दलको बैठक सोमवार भोलि बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए ।

यही वैशाख १० गते सम्पन्न भएको उपचुनावमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित हुनु भएसँगै शुक्रवार शपथ लिएका थिए।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट