Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सारङ्गी र्याँइर्याइँ जीवन भयो तिरिमिरी झ्याइँ…


हर्कपुर धरान, २२ वैशाख ।

बालुवाटारमा प्रचण्ड ओली वार्ता 

बुधवार सखारै ओली हस्यङ्फस्याङ् गर्दै प्रचण्डलाइ भेट्न बालुवाटार पुगेका थिए । टोपबहादुरलाइ सरकारले तोपको निशानामा पारेको सन्दर्भमा केन्द्रित थियो । त्यही भेटको सारसंक्षेप कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

ओलीले झटपट प्रचण्डलाइ प्रश्न तेर्स्याए ।

हाम्रो कौरबशाली बा पार्टी बामाले का सचिव टोपबहादुर रायामाझी (भ्रष्टाचारीबीच लोकप्रिय नाम (टोपु) नियतवश ‘तानिएका’ हुन की ‘तनाइएका’ हुन ?

प्रचण्ड : तपाइको पहिलो प्रश्न नियतवस तानिएको भन्नेमा कुनै तुक छैन । यो शब्दमा बीचमा ‘ए’ अक्षर नजोड्ने हो भने कुनै अर्थ हुन्न । यसर्थ ‘ए’ अक्षर हटाउनुस । ‘ए’ अक्षर भनेको संस्कृत बर्णमालाको एघारौं अक्षर हो ।
देवनागरी वर्णमालाको खास प्रचलित स्वरमध्ये आठौं स्वरवर्ण हो । यसरी संस्कृत र देवनागरी वर्णमालाको ‘ए’ अक्षर घुसाएर भ्रष्टाचारविरुद्ध तलमाथि गर्ने काम भएको छैन ।

‘जहाँसम्म दोस्रो शब्द ‘तनाइएका’ भन्ने प्रश्न गर्नु भएको छ । त्यसमा अघिल्लो शब्दभन्दा बढी ‘इ’ एकाक्षर घुसाउनु भएको छ । त्यो पनि ह्रश्व ‘इ’ हो की दीर्घ ‘ई’ ? यहाँ खुट्टिएको छैन । यद्धपी ‘इ’ भनेको देवनागरी बर्णमालाका स्वर वर्णमध्ये तेस्रो स्वर वर्ण हो । परम्परागत रुपमा तालव्य स्थानबाट उच्चारण हुने गर्छ । तपाइले पनि यो शब्द तालव्य स्थनबाट गरेको हुनाले बालुवाटारमा कुहिगन्ध चलिसक्यो । तपाइका यी अर्थ न बर्थका तुक्के शब्द खारेज गर्दै भ्रममा नपर्न अनुरोध छ ।

ओली : तेसो भा किन पक्राउ पुर्जी जारी गरेको ?

प्रचण्ड: पक्राउ पूर्जी पुलिसले जारी गरेको । पुलिस सुलिस आफ्ना कहिल्यै हुँदैनन । पुलिस से दोस्ती भी अच्छि नही दुष्मनी भी ।

ओली : उसो भा दोषी उम्कनु हुन्न निर्दोष फसाउन खोजे सहिदैन । उता आधारातमा टोपुले मलाइ फोन गरेर दोषी छैन पुलिसलाइ सघाउँछु भनेकै छन ।

प्रचण्ड : उसो भा टोपुलाइ टेकु पुलिसमा पठाउनु ।

ओली : टोपुलाइ किन पठाउनु रु टोपुको घरबाट टोपुकै छोरा पठाइदेकै छ । घरको एक जन पो दिने हो । परिवारका सबै जन पठाएर उनको घर कसरी चल्छ ?

प्रचण्ड : तपाइका तुक्काले मात्र काम गर्छ ?

ओली : टोपुका छोरा गै हाले । बादलका छोरा भ्रष्टाचारका प्रतिक लैजानु । भरखरका केटाहरुले प्रहरी हिरासतको अनुभउ लिन्छन ।’

प्रचण्ड : तपाइ त सबैको बा हो । अबदेखि तपाइका छोराछोरी पनि लैजाउला ।

यतिकैमा वार्ता विना निश्कर्ष तुरियो । उता बालुवाटारमा गीतको धून बज्यो ‘सारङ्गी र्याँइर्याइँ जीवन भयो तिरिमिरी झ्याइँ …।’


क्याटेगोरी : बिचार, राजनीति, साहित्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट