Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

२०४६ सालपछि सत्तामा पुगेका नेता र उच्च पदका कर्मचारीको सम्पत्ति छानबिन गर्न राजेन्द्र लिङ्देनको माग


काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछि सत्तामा पुगेका नेता र उच्च पदमा पुगेका कर्मचारीको सम्पत्ति छानबिन हुनु पर्ने बताएका छन्।
नक्कली शरणार्थी प्रकरणलाई लिएर शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएपछि उनले यस्तो बताएका हुन्।

‘हामीले नक्कली शरणार्थीबारे निष्पक्ष छानबिन होस् भनेका छौँ। निर्दोष कोही पनि नपरुन् र दोषी कोही नउम्कियुन् भन्ने हाम्रो धारणा हो’, उनले भने, ‘अब विगतमा ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्छ। २०४६ सालपछि पदमा पुगेका नेता र कर्मचारीहरुको सम्पत्ति छानबिन हुनु पर्छ। अवैध सम्पत्ति जफत गरिनुपर्छ।’

यसलाई लिएर राप्रपा अब सडक र सदन दुवैमा उत्रिने पनि बताए। ‘अब यो दलको, त्यो दलको, यो पक्षको, ऊ पक्षको नभनी छानबिन हुनुपर्छ’, उनले भने, ‘अब कुनै पनि भ्रष्टाचारीलाई छाड्नु हुँदैन।’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले आफू यसबाट पछि नहट्ने बताएको पनि लिङ्देनले जानकारी दिए । ‘प्रधानमन्त्रीले म यो चुनौतीलाई अवसरका रुपमा लिन्छु भन्नु भएको छ’, उनले पत्रकारहरुसँग भने।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #rajendra lingden

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट