Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राजनीतिक क्षेत्रमा महत्वपूर्ण परिर्वतन हसिल भए पनि जनताको आर्थिक, सामाजिक स्तरमा परिवर्तन हुन सकेनः प्रचण्ड


काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा सम्बोधन गर्दे उनले हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रुपान्तरणको आवश्यकता रहेको बताएका हुन्।

‘विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। त्यसैगरी तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरुमा समेत सुधार आएको छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले राजनीतिक क्षेत्रमा महत्वपूर्ण परिर्वतन हसिल गर्न सफल भए पनि जनताको आर्थिक, सामाजिक स्तरमा परिवर्तन हुन नसकेको स्वीकारे। ‘यसबाट आमजनमानसमा एक प्रकारको निरासा र वितृष्णा पैदा भएको साँचो हो। जुन विभिन्न माध्यमहरुबाट प्रकट भइआएको हामीले देखेका र महसुस गरेका छौं। हामीले व्यवस्था त बदल्यौं, अब हामी अवस्था बदल्नमा केन्द्रित हुनुपर्दछ,’ उनले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट