Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिल्यो, मन्त्रिपरिषद् विस्तारको तयारी


धनगढी, ५ जेठ । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ। भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २,नेपाली कांग्रेस एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए।

तर, नागरिक उन्मुक्ति पार्टीले भने यसबारे केही खुलाएको छैन। योसँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरी आजै प्रदेश सरकार विस्तार हुने जानकारी दिएका छन्।

नेता भट्टका अनुसार भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको टुंगो लगाएको छ। माओवादीबाट झपट साउद र रमेश धामी मन्त्री बन्दैछन्। गीतादेवी माललाई राज्यमन्त्रीका लागि सिफारिस गरेको छ।

यसअघि माओवादीबाट ओवविक्रम भाट,अक्कल रावल र लक्ष्मी विक सरकारमा पठाउने सहमति भएको थियो। तर,पूर्वसहमतिअनुसार सरकारमा सहभागी हुने सदस्यको नाम सिफारिस नभएको भन्दै माओवादीभित्र केही नेताहरूले असन्तुष्टि जनाएका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्री शाहले शपथ खाएको सय दिनपछि आज प्रदेश सरकार विस्तार गर्न लागेका हुन्। यसअघि नेपाली कांग्रेसबाट शाह मुख्यमन्त्री र प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्रीमा बनेका थिए। यस्तै एकीकृत समाजवादीबाट नरेशकुमार शाह आर्थिक मामिलामन्त्री बनेका थिए।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको जनाइएको छ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट