Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड पुस १० को सहमति तोडेर सरकारको मुटु प्रत्यारोपणतर्फ लाग्नुभयोः केपी ओली


काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुस १० सहमति तोडेर सरकारको मुटु प्रत्यारोपणतर्फ लागेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लागेको बताएका हुन्।

पुस १० गते नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १२ गते कांग्रेस सहितको गठबन्धन ब्यूँत्याएका थिए।

‘दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। नीति तथा कार्यक्रम नाम दस्तावेजको प्रस्तुत सुनेँ र पढेँ पनि नीति तथा कार्यक्रमको आधार पहिल्याउने प्रयास गरेँ। के तार्गेटहरू मिट गर्न आएको छ? मैले पहिल्यान खोजी गरें। कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ? अध्ययन गरें,’ उनले भने।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #kp oli, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट