Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संसदीय सुनुवाइ समितिमा साना पार्टीलाई निषेध गरिएको प्रभु साहको आरोप


काठमाडौं, १४ जेठ । प्रतिनिधि सभाका सांसद एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले संसदीय सुनुवाइ समितिमा साना पार्टीलाई निषेध गरिएको आरोप लगाए ।

आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तावित सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदामाथिको छलफलमा बोल्दै सांसद शाहले यस्तो आरोप लगाएका हुन् ।

आपसी प्रतिस्पर्धा लोकतन्त्रको मुटु भए पनि ठुला पार्टीहरू प्रतिस्पर्धा भन्ने बित्तिकै डराएको र राजनीतिक नियुक्तिमा आफू खुसी बाँडेर लिएको उनको भनाइ छ । राजनीतिक नियुक्तिमा चेक एण्ड ब्यालेन्सकै लागि संसदीय सुनुवाइ समितिहरूको व्यवस्था गरेको बताउँदै सांसद शाहले तर, यहीँ समितिहरू ठुला पार्टीहरूलाई मनमौजि तरिकाले बाँडी खाने केन्द्र बनेको उनले आरोप लगाए ।

संसद्को एक सिटे पार्टी भए पनि राजनीतिक नियुक्तिमा प्रतिस्पर्धात्मक प्रणालीमा भाग लिन पाउनुपर्ने उनले बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot, #prabhu shah

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट