Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बजेट जति सबै डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रित गरियो भन्ने सुनेँः माधव नेपाल


काठमाडौं, २४ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन् ।

बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने जानकारी दिए । आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए । उनले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरूसँग बुझ्ने पनि बताए ।

उनले भने , ‘‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेल्धुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिए छ । यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो की होइन, यसबारेमा सबैकुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरूसँग भेटेर कुरा गर्नेछु ।’’

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरूसँग भेट गरेको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #madhav nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट