Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेले ७० वर्षको उमेर हद हटायो, फेरि पनि केपी ओलीलाई नै फाइदा


काठमाडौं, २४ जेठ । नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए । यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो (जेठ २३ गते) जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा सो कुरा उल्लेख थियो ।

उमेर हद हटाइएसँगै एमालेमा केपी ओलीलाई नै फाइदा हुने देखिन्छ । उनी पुनः पार्टी अध्यक्ष हुने बाटो खुलेको छ ।

यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएको थियो । अन्तरपार्टी निर्देशन–७ को विविध निर्णयअन्तर्गत केन्द्रीय कमिटीको उमेर हदसम्बन्धी व्यवस्थामा ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’ उल्लेख गरिएको हो । गत २०७० मा भएको नवौँ महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्यका लागि लाई ७० वर्ष उमेर हदबन्दी लागू गरिएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #amale, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट