Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कृषि अनुदानमा हिनामिना भएको राप्रपा सांसद दीपकबहादुर सिंहको अरोप


काठमाडौं, २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले कृषि अनुदानमा हिनामिना भएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सिंहले कृषि अनुदानमा करोडौँ अनियमितता भएको बताए ।

सबै किसिमका कृषि अनुदान संसदमा पेस हुनुपर्ने माग गर्दै उनले भने, ‘कृषि अनुदान चाहे सरकारको होस् वा विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यहाँ पेस होस्,’ उनले भने ।

पहुँचका आधारमा अनुदान वितरण हुने गरेकाले अनियमितता भएको उनले बताए । ‘त्यो अनुदान दुरुपयोग भइराखेको छ । प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहररूबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौं हिनामिना भएको छ,’ उनले भने, ‘त्यसको उचित जाँच होस्’

बिहीबारको बैठकमा शून्य समयपछि बजेटमाथि छलफल हुने कार्यसूची छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #dipak bahadur singh

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट