Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारले पहिचानवादीलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको छः ओली


काठमाडौं, २५ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता–कार्यकर्तालाई बिहीवार स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए।

उनले कोसी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटना भइरहेको दाबी गरे। उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले प्रतिवादमा उत्रिने बताए। उनले एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैलाउन कोसिस गरे पनि सफल नबनेको बताए।

पहिचानवादको संरक्षक पुष्पकमलवादी भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिरसमेत गरे। उनले प्रधानमन्त्री दाहालले कोसी प्रदेशको नाम आफैँ सहमतिसाथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट