Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न कांगेसको माग


काठमाडौं, २६ जेठ । सत्तारूढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखी काम गर्ने प्रस्ताव गरेको थियो । सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रस्तावप्रति आपत्ति जनाउँदै शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए । उनले बजेटमा जिल्ला निर्वाचन कार्यालय मर्ज गर्नु नहुने पार्टीको आधिकारिक धारणा रहेको बताए । छरिएर रहेका निर्वाचन कानुनलाई एकीकृत गर्ने गरी आयोगले विधेयक तयार पारेको र त्यस विषयमा पनि कांग्रेस छिटोभन्दा छिटो संसदमा पेस गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरे ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य पालिका कार्यालयमार्फत गर्ने तयारी गरेको धारणा राखे पनि त्यस विषयमा भने पार्टीले असहमति जनाउँदै जिल्ला निर्वाचन कार्यालयलाई नै अग्रसर गर्नुपर्ने कुरा राखेको बताए ।

सहमहामन्त्री परियारले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने कुरामा कांग्रेस तयार रहेको जिकिर गरे । उनले राजनीतिक दलको लेखा र लेखा परीक्षण गर्ने कुरामा पनि कांग्रेसको सहमति रहेको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट