Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुलुकको बजेट बेलुका ४ बजे होइन, बिहानको १० बजे हुनुपर्योः सांसद दीपक गिरी


काठमाडौं, २८ जेठ । प्रतिनिधिसभा सदस्य दीपक गिरीले मुलुकको बजेट बेलुका ४ बजे नभएर बिहान १० बजे प्रस्तुत गर्न माग गरेका छन् । आइतबार संसद्‌मा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बेलुका ४ बजे बजेट भाषण गर्ने हाम्रो नभएर भारतको भएको बताए ।

‘हाम्रो बजेट किन ४ बजे हुन्छ भन्ने कुरा मैले बुझेँ । यो चलन भारतबाट आएको हो । भारत बेलायतको अधिनमा रहेका बेला भारतको बजेट ४ बजे हुन्थ्यो । भारतमा चार बज्दा बेलायतमा बिहानको १० बजेको हुन्थ्यो । यसो हुँदा बेलायतले बजेट सहजै हेर्ने पाउँथ्यो,’ उनले भने, ‘हामीले पनि भारतको चलन सिको गर्यौँ । अबदेखि हाम्रो बजेट बिहानको १० बजे हुनुपर्यो ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #budget, #deepak giri

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट