Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेमा ७० वर्षे उमेरहद हटाइएको विषयमा केपी ओली मौन


काठमाडौं, २८ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेरहद हटाइएको विषयमा प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन् ।

उमेरहद हटाइएको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । एमालेभित्रै पनि कतिपय नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । तर, आइतबार एमाले अध्यक्ष ओलीले उमेरहद हटाइएको विषयमा प्रतिक्रिया जनाउन मानेनन् ।

आइतबार काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्न पुगेका ओलीलाई उमेदरहद हटाइएकोबारे पत्रकारले प्रश्न गरेका थिए । तर, उनले जवाफ दिन चाहेनन् । त्यसक्रममा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके मात्र भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #amale, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट