Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का


काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई दिइएको छ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फलोप) का लागि सिङ्गापुर गएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांग्रेसका कार्यवाहक सभापति खड्का उपप्रधान तथा रक्षामन्त्री पनि हुन्। सभापति देउवा पत्नी आरजु राणासहित मंगलबार राति सिंगापुर प्रस्थान गरेका हुन्।


क्याटेगोरी : राजनीति
ट्याग : #congress, #purna bahadur khadka

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट