Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भोलि समाजवादी मोर्चा घोषणा गरिने


काठमाडौं, ३ असार । सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहितका दल मिलेर यही असार  ४गते समाजवादी मोर्चा घोषणा गरिने भएको छ।

आज बिहान बालुवाटारमा भएको चार दलका शीर्ष नेताबीचको छलफलले मोर्चा घोषणाको मिति तय गरेको हो। ‘असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने तय भयो’, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले भने।

आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #samajbadi morcha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट