Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आईसीसी विश्वकप क्रिकेट लिग टू : नेपालले युएईविरुद्ध बलिङ गर्दै


काठमाडौं, २ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ। २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो। घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ।

यहि त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी रुपमा पराजित गरेको थियो। नेपाल आज पनि सोहि लय दोहोर्याउने लक्ष्यमा रहेको छ। नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ।

लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ। यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ। लिग टू मा स्कटल्याण्ड शिर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन्।

अब शिर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ। नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ। आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै साझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहान्छ। यदी आजको खेलमा परजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ।


क्याटेगोरी : खेलकुद, बाग्मती प्रदेश
ट्याग : #cricket, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट