Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ए डिभिजन लिगमा सङ्कटा र हिमालयन शेर्पा विजयी


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बुधवार भएका खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा क्लबले न्युरोड टिम ९एनआरटी० लाई २–१ गोलले हरायो । सङ्कटाका लागि जुनियर एनकेनगुए र मनिष डाँगीले गोल गरे । एनआरटीका निकोलस सेर्जी सङले एक गोल फर्काए ।

आजै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ५–३ गोलले हरायो । हिमालयन शेर्पाका लागि सत्यम शर्माले २ तथा सुदीप श्रेष्ठ, विश्वास श्रेष्ठ र अबायोमी फाकुन्लेले गोल गरे । एपीएफका अर्मान्ड विडोम, सनिश श्रेष्ठ र प्रदीप लामाले गोल गरे पनि टोलीलाई जिताउन सकेनन् ।

लिगमा अहिले मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच खेल भइरहेको छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट