Techie IT
  • १२ मंसीर २०८०, मंगलबार
Jhilko

चेल्सीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा


इंग्लिस क्लब चेल्सीलाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिडले चेल्सीलाई २–० गोलले हराएर समग्रमा ४–० को जितसहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा रियलले चेल्सीलाई २–० गोलले नै हराएको थियो । चेल्सीको मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन दुई वटै गोल रोड्रिगोले गरे । उनले खेलको ५८ औं र ८० औं मिनेटमा गोल गरेका थिए ।

यस्तै, एसी मिलान १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराति क्वाटरफाइनलको दोस्रो लेगमा नेपोलीसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा २–१ को नतिजासहित मिलान १६ वर्षपछि अन्तिम चारमा पुगेको हो । नेपोली पहिलो लेगमा १–० गोलले पराजित भएको थियो । सन् २००६/०७ को सिजनमा च्याम्पियन बनेयता मिलानले सात सिजन च्याम्पियन्स लिग खेले पनि क्वाटरफाइनलभन्दा अघि जान सकेको थिएन ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट