Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आईपीएल क्रिकेट : दिल्लीले हैदराबादलाई ७ रनले हरायो


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ रनले हरायो ।

दिल्लीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । हैदराबादका मयङ्क अग्रवालले सर्वाधिक ४९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै उसका हेनरिक केल्सनले ३१ रन जोडे ।

दिल्लीका एनरिच नोर्किया र अक्षर पटेलले समान २र२ तथा इशान्त शर्मा र कुलदीप यादवले समान १र१ विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

दिल्लीका मनिष पान्डे र अक्षर पटेलले समान ३४ रन बनाए । हैदराबादका वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए र टी नटराजनले १ विकेट लिए । दिल्ली सातौँ खेलमा दोस्रो जितसहित अङ्कतालिकाको पुछारमा नै छ । समान खेलमा चार अङ्क नै रहेको हैदराबाद नवौँ स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट