Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

समिट एयरका चालक र सह–चालक निलम्बन


काठमाडौं, १ चैत । नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ।

प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका चालक र सह–चालकलाई निलम्बन गरेको हो। प्राधिकरण स्रोतकाअनुसार अर्को आदेश नभएसम्म ती चालकहरुलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ।

भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। अगाडिको दृश्य देखिँदैन। त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडि यही रुटमा उडान गरेको समिट एयरका चालक र सह–चालक कारबाहीमा परेको प्राधिकरणले जनाएको छ। पोखरा–जोमसोम रुटमा तारा र समिट एयरले उडान गर्दै आइरहेका छन्।


क्याटेगोरी : पर्यटन
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट