Techie IT
  • २० फागुन २०८०, आईतबार
Jhilko

प्रधानमन्त्री प्रचण्डले गरेको पूजा प्रसङ्गलाई किन घालमेल ?


जीव विज्ञानको बुझाइ क्रमागत उन्नतिको प्रकाशमा समृद्ध हुने कतिपय वैज्ञानिकहरूको भनाइ रहेको छ । कुनै जटिल विषयको रहस्य खोल्न त्यसको संरचनालाई बुझ्नुपर्ने आवश्यकता हुन्छ । मस्तिष्कमा एकफेर तर्क र संरचना बसेर गए त्यसपछि अन्य कुरा आफै सहज हुँदै जाने अनुभवीहरूको कथन पाइन्छ ।क्रमागत उन्नतिको दूरबिनबाट जीव विज्ञानलाई हेर्न सकिन्छ ।

गत पचास वर्षमा ब्याक्टेरियाले एन्टिबायोटिक विरुद्ध लड्न सिकिसकेको अध्ययनले जनाउँछ । क्रमागत उन्नतिले मानिसलाई यस विषयमा प्रश्न सोध्न सक्षम बनाउँछ । यो कसरी सम्भव भयो ? के फेरि यस्तो हुन सक्छ ? हाम्रा एन्टिबायोटिक काम गर्न असफल हुन्छ ?

अझै कोरोना महामारीको क्रममा यस्ता विषयले हाम्रो ध्यान तानेको थियो । समाचारहरूलाई स्मरण गर्ने हो भने भाइरस क्रमागत उन्नतिको सिद्धान्तबाट बदलिँदै गयो । एकपछि अर्को लहर आउँदै गयो ।

सन् २००९मा बेलायत लेखक र वैज्ञानिक रिचर्ड डाकिन्सले लेखेको पुस्तकमा क्रमागत उन्नतिलाई पृथ्वीमाथिको सबैभन्दा चामत्कारिक प्रदर्शन भनी व्याख्या गरेका छन् ।

उनी भन्छन् “हाम्रा वरिपरि जीवनको विविधताको संरचनाभन्दा उत्कृष्ट तथा आश्चर्यजनक केही छैन् ।”

१९औँ शताब्दीका तीन नायकहरूमध्ये एक चाल्र्स डार्विन सर्वाधिक चर्चा कमाएका व्यक्ति हुन् ।

१५० वर्ष पुरानो यो अद्भुत वैज्ञानिक खोजको कथा हो । १८४०को दशकमा अल्फ्रेड वालेस र विलियम बेटसन दुई मित्र इंग्ल्यान्डमा जीव जन्तु कहाँबाट आउने सवालको खोजीमा फसेका थिए । अहिलेसम्म यो दुनियाँ जीवजन्तु सबै ईश्वरले बनाएको भ्रमपूर्ण आस्था जीवित छ । त्यतिखेरको त झन कस्तो थियो होला ?

ईश्वरले दुनियाँ बनाएको कुरालाई उनको सिद्धान्तको विकासले अमान्य साबित गरिदिएको छ । तर, अझ पनि धर्मान्धहरूले आस्थाको विषयलाई विज्ञानसँग जोडेर तर्कबाट ईश्वरको अस्तित्व खडा गर्न खोजिरहेका छन् । आस्थाको विषयलाई विज्ञानसँग प्रतिस्पर्धा गराउँदै आस्था पराजीत हुने पक्का हो । आस्थाका विषयलाई सम्मानित हुन दिनु उचित हो । विज्ञानको स्थापित मूल्य मान्यता वैज्ञानिक प्रयोगको आधारमा दर्शनीय हुन्छ । आस्थाका कुरा प्रमाणित हुँदैन । त्यसैले विज्ञान र आस्थाका विषयलाई घालमेल गर्ने, गराउनेहरूबाट सचेत भई वैज्ञानिक क्षेत्रको प्रोत्साहन गर्नु अहिलेको आवश्यकता हो । अन्यथा उन्नत प्रविधिको विकास बुझ्न गाह्रो हुनेछ ।
क्रमागत उन्नतिको बुझाइलाई दरो पार्नु डार्विन र उनको अनुसन्धानले विकास गरेका विषयलाई बुझ्न खोज्नु आवश्यक छ । अहिले प्रतिपक्षी दलका नेताहरूले यस्तै घालमेल गरिरहेका छन् । देश विज्ञानका प्रयोगहरूलाई बुझ्नेहरूको मात्र होइन्, आस्थामा सम्मान व्यक्त गर्नेहरूको पनि हो । प्रधानमन्त्री दुवै खाले देशवासीहरूको हो । भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले गरेको पूजा प्रसङ्गलाई यसैगरी घालमेल गरिएको देखिन्छ ।

दुवै दक्षिण अमेरिकी महाद्वीप गए । त्यतिखेर अहिलेको सामान्य मध्यमवर्गीय मानिसको लागि त्यसो गर्नु सम्भव थिएन् । दुवै धनी भएकाले यस्तो गर्न सके ।. उनीहरूले दुलर्भ वस्तु खोजी ल्याउने र बिक्री गर्ने गरेका थिए । उनको त्यो भ्रमण खासै सफल भएन् । पछि दुवै छुट्टिए । वालेस सन् १८५२मा इंग्ल्यान्ड फर्किए ।

महासागरको बीचमा उनको जहाजमा आगलागी भयो । भएभरको सबै जलेर खरानी भयो । एउटा जहाजले वालेसको ज्यान जोगाएपछि उनले पानी जहाजको यात्रा नगर्ने निर्णय लिएका थिए ।

तर, उनलाई जीव जन्तुको नमूना संकलन गर्ने प्रस्ताव आयो । उनी पुरानो निर्णय फेरेर जान राजी भए । यो पटक एसिया र अस्ट्रेलियाबीचका टापुहरूमा जानुपर्ने थियो । यो प्रस्तावबारे छलफल गर्न प्रकृतिवादी चाल्र्स डार्विनसँग भेटे ।
डार्विनसँगको भेटमा उनले यात्रा र वैज्ञानिक रूचिबारे भनेपछि डार्विन प्रभावित भए ।

वालेस हौसिँदै टापुहरूतिर गए । जीवजन्तु कहाँबाट आए होलान् भन्ने प्रश्नको जवाफ डार्विनले पनि करिब १५ वर्ष पहिले गरेका थिए । तर, यो ज्ञान दुनियाँसँग साझा गरेका थिएनन् । उनका लेखोटहरूमा थिए । सन् १८०९मा जन्मेका डार्विनले १८३१मा उनका समक्ष मौका आएका बेला जीव विज्ञानको पूरै इतिहास फेरी दिए ।

बिगल नामक जहाजबाट छ महिनासम्म बसिरहन र दुनियाँको फन्को मार्ने अवसर डार्विन समक्ष आएको थियो । जहाजका क्याप्टेन फिट्जरोयलाई एक मित्रको आवश्यकता पूरा गर्न डार्विन राजी भएका थिए । छ महिनाको यो दूरी पाँच वर्षमा पूरा भयो । यो अवधिमा डार्विनले दक्षिण अमेरिका, अस्ट्रेलियाजस्ता ठाउँमा गएर जीवजन्तुको मसिनो गरी अध्ययन गरे ।

परिणाम जब उनी इंग्ल्यान्ड फर्के त्यतिबेला उनले प्रश्नको जवाफ लिएर आएका थिए ।

डार्विनले ढुँगाहरूमा जीवाश्म फेला पारे । कुनै ठाउँमा रहेको जीवजन्तुको सम्बन्ध लाखौँ वर्ष पहिलेको जीवजन्तुसँग कुनै सम्बन्ध पक्कै भएको अनुभव गरे ।

दक्षिण अमेरिकाका पश्चिमी किनाराबाट केही दूरीमा रहेको गालापागोस टापु थियो । त्यहाँको चरा हरेक टापुमा एक जस्तै देखिन्थ्यो । मामुली फरक देखिन्थ्यो । चुच्चोको लम्बाइ र मोटाइमा अन्तर देखियो । कुनै टापुमा छातीको रंग फरक देखियो । कछुवाको पिठ्युका डिजाइन फरक देखिए ।

यो किन भयो भनी त्यतिखेर थाहा भएन् ।

चरालाई खान बिउ भएको ठाउँमा चराको चुच्चो सानो र बलियो थियो । जुन ठाउँमा चरालाई खान फुलभित्र जानु पर्ने थियो । त्यहाँका चराको चुच्चो लामो थियो ।

डार्विनको यो विचार ‘थ्योरी अफ न्याचुरल सेलेक्शन’ अर्थात ‘प्राकृतिक छनौटको सिद्धान्त ’ भनी चिनिन्छ ।

डार्विनले यो विचार मित्रहरू बाहेक अन्य कसैसँग साझा गरेका थिएनन् । यो खतरनाक विचार थियो । चर्चको आस्था र विश्वासको विरुद्ध थियो ।

अर्को कुरो यस विषयमा डार्विनले एक ठूलो पुस्तक लेखिरहेका थिए । सबै प्रमाण सामेल गरी ल्याउन खोजेकाले पनि उनले यसलाई यसै सार्वजनिक गर्न खोजेका थिएनन् । तेस्रो कुरो डार्विनकी पत्नी धार्मिक प्रवृतिकी थिइन र उनलाई धेरै माया गर्थिन् । डार्विनले उनको धार्मिक आस्थालाई ठेस नपुगोस भनी चाहेका थिए ।

वालेसले पठाएको पत्रबाट डार्विन चकित भए । उनको निष्कर्ष वालेसको पत्रबाट पुष्टि हुन पुगेको थियो । उनी लोकप्रिय हुन पुगेका थिए । उनको त्यो सिद्धान्त अहिले अनुवांशिक विज्ञानजस्ता आधुनिक विज्ञानले थप पुष्टि गरिदिएको छ ।

ईश्वरले दुनियाँ बनाएको कुरालाई उनको सिद्धान्तको विकासले अमान्य साबित गरिदिएको छ । तर, अझ पनि धर्मान्धहरूले आस्थाको विषयलाई विज्ञानसँग जोडेर तर्कबाट ईश्वरको अस्तित्व खडा गर्न खोजिरहेका छन् । आस्थाको विषयलाई विज्ञानसँग प्रतिस्पर्धा गराउँदै आस्था पराजीत हुने पक्का हो । आस्थाका विषयलाई सम्मानित हुन दिनु उचित हो । विज्ञानको स्थापित मूल्य मान्यता वैज्ञानिक प्रयोगको आधारमा दर्शनीय हुन्छ । आस्थाका कुरा प्रमाणित हुँदैन । त्यसैले विज्ञान र आस्थाका विषयलाई घालमेल गर्ने, गराउनेहरूबाट सचेत भई वैज्ञानिक क्षेत्रको प्रोत्साहन गर्नु अहिलेको आवश्यकता हो । अन्यथा उन्नत प्रविधिको विकास बुझ्न गाह्रो हुनेछ ।

क्रमागत उन्नतिको बुझाइलाई दरो पार्नु डार्विन र उनको अनुसन्धानले विकास गरेका विषयलाई बुझ्न खोज्नु आवश्यक छ । अहिले प्रतिपक्षी दलका नेताहरूले यस्तै घालमेल गरिरहेका छन् । देश विज्ञानका प्रयोगहरूलाई बुझ्नेहरूको मात्र होइन्, आस्थामा सम्मान व्यक्त गर्नेहरूको पनि हो । प्रधानमन्त्री दुवै खाले देशवासीहरूको हो । भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले गरेको पुजा प्रसङ्गलाई यसैगरी घालमेल गरिएको देखिन्छ ।


क्याटेगोरी : बिचार
ट्याग : #prachanda puja

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट