Techie IT
  • ३० चैत्र २०८०, शुक्रबार
Jhilko

कोरोना संक्रमणबाट एक जनाको मृत्यु


काठमाडौं, २८ चैत । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २४३६ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७६ र एन्टीजेनबाट १९६० नमुना परीक्षण गर्दा पीसीआरबाट ७४ र एन्टिजेनबाट ३२ को रिपोर्ट पोजिटिभ आएको हो। कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।

यो अवधिमा ४८ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४६९ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट