Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालमा उत्पादन भएका सवारी साधनले दर्ता पाउने भए


काठमाडौं, १४ वैशाख । नेपालमा उत्पादन भएका सवारी साधनले दर्ता पाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० लाई संशोधन गरेपछि स्वदेशमा उत्पादित सवारी साधनहरूले दर्ता पाउने भएका हुन् ।

निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।’

अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । यस्तो दर्ता ९नम्बर प्लेट० का लागि भन्सार प्रज्ञापनपत्र (एलसी_ नचाहिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । अब नेपालमा बनेका विद्युतीय र पेट्रोल–डिजेलबाट चल्ने सबै खालका सवारी दर्ता गर्न बाटो खुलेको छ । नेपालमा बनेको विद्युतीय बाइक ‘यात्री’ले नम्बर प्लेट नपाएपछि उत्पादन बन्द गर्ने चेतावनी दिँदै आएको थियो ।


क्याटेगोरी : प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट