Techie IT
  • १७ जेठ २०८१, बिहीबार
Jhilko

खोटाङमा ट्र्याक्टरले किच्दा प्रधानाध्यापकको मृत्यु


खोटाङ, ८ जेठ । आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ।

विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कने क्रममा बाहुनीडाँडाकै झापाबाट कुर्लेघाटतर्फ जाँदै गरेको को२त ४६७६ नं को ट्र्याक्टरमा चढेका उनको रुपसे भन्ने ठाउँमा ट्र्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर घटनास्थलमै मृत्यु भएको हो।

प्रधानाध्यापक राई विद्यालय बिदा भएपछि सुङ्गुरको चारो लिन सोही ट्र्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए। कुर्लेघाटबाट चालकछेउमा बसेर फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्र्याक्टरबाट खसका उनको टाउकोमा पछाडिको पाङ्ग्राले किच्दा घटनास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।

उनको शव परीक्षणका लागि आज जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला आफन्तले बताए। सो घटनापछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

प्रधानाध्यापक राईको निधन भएपछि विद्यालयको पठनपाठन रोकिएको स्थानीय बासिन्दाले बताए। विद्यालय व्यवस्थापन समितिले भने शोक वक्तव्य जारी गरेर पठनपाठनलाई निरन्ता दिने तयारी गरिएको जनाएको छ।

 


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #death, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट