Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्वास्थ्य मन्त्रालयको मूल गेटमा फोक्सो जडान


काठमाडौं, २४ चैत । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ । युएसएआडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा मन्त्रालयले गेटमा कृत्रिम फोक्सो जडान गरेको हो ।

कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।

कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको र जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्ब गर्नेछ ।

‘३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुराउँदछ’, मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारले भने, ‘उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।’


क्याटेगोरी : स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट