Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कर्णाली कोरिडोरको सिमकोट-हिल्सा सडक खण्ड निश्चित कालका लागि बन्द


हुम्ला, ३ चैत । कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको च्याछरा क्षेत्रको सडक अनिश्चित कालका लागि बन्द हुने भएको छ । च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरवृद्धि हुने भएको कारण सडक बन्द हुने भएको हो ।

नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडकको च्याछरा पातीहाल्न सडक बन्द हुने जानकारी दिए । गाउँपालिकाले सूचना जारी गर्दै सडक चैत ५ गतेदेखि १२ गतेसम्म आंशिक र १२ गतेपछि पूर्ण रूपमा यातायातका साधन सञ्चालन गर्न नपाइने गरी बन्द गरिने भएको छ ।

हिल्सा सिमकोट सडकको नाम्खा गाउँपालिकाको च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरबृद्धि कार्य सुरु हुने भएको कारण सडक बन्द हुने भएको हो । अधिकृत शाहीले सो खण्डको सडकको निर्माणकार्य पूरा नहुन्जेल वा अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जानकारी दिए। हाल सो खण्ड यातायात सुचारु हुँदै आएका छन् । सडक निर्माणकार्यले यातायात सञ्चालन कार्य बन्द हुने भएपछि माथिल्लो हुम्लामा पैदल मार्गबाट हिँड्नुपर्नेछ ।

गाउँपालिकाले सडक बन्द कार्यले यातायातका साधन तथा यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षम याचना गरेको छ । उक्त सडक हिल्सा सिमकोट सडक आयोजना स्तरवृद्धिको कार्य गर्न लागेको हो । सो खण्डको सडक पाँच किलोमिटरभन्दा बढी छ ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट