Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो


सुर्खेत, ८ चैत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्ष्मण चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए ।

मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #accident, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट