Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आठ दलीय गठबन्धन राष्ट्रपति निर्वाचनका लागि मात्र हो : रमेश लेखक


काठमाडौं, १७ फागुन । प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले प्रतिपक्ष बेञ्चमै बस्ने भएका छन्। बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरू प्रतिपक्ष बेञ्चमा बस्ने भएका हुन्।

सत्तारूढ दलमा मिसिएको नेपाली कांग्रेस सरकारमा सहभागी नभएकाले प्रतिपक्ष बेञ्चमा बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले आठ दलीय गठबन्धन राष्ट्रपति निर्वाचनका लागि मात्रै भएकाले प्रतिपक्षको बेञ्च नछोड्ने बताए।

‘८ दलीय गठबन्धन राष्ट्रपति निर्वाचनको प्रयोजनका लागि मात्रै हो। पार्टीले विधिवत घोषणा गरेर सरकारमा गएपछि मात्रै सत्तापक्ष हुन्छौँ,’ उनले भने।

फागुन १५ गते सरकारबाट बाहिरिएको नेकपा एमाले पनि प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ। एमालेले संघीय संसद् सचिवालयलाई यसबारे जानकारी गराइसकेको छ। एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरू प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी दिए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट