Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संविधानमा उपराष्ट्रपति ‘महिला वा फरक समुदायको’ भनिएको छ, संविधान प्रतिकुल कसैले व्याख्या गर्न सक्दैन : शक्ति बस्नेत


काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले उपराष्ट्रपतिमा संविधान र कानून प्रतिकुल कसैले व्याख्या गर्न नसक्ने टिप्पणी गरेका छन् ।

नौ दलीय गठबन्धनको कार्यदलको सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपतिमा संविधानले लिंग वा समुदाय फरक हुनुपर्छ भनेको प्रष्ट पारे ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भनेको छ । त्यसलाई गठबन्धनले कसरीले लिएको छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले जारी भएको वक्तव्य संविधान र कानूनअनुसार नै भएको देखिन्छ । त्यहाँ महिला वा अन्य समुदायको भनिएको छ । अहिले निर्वाचित हुनुभएको राष्ट्रपति खस आर्यको तर्फबाट र लिंगको हिसाबमा पुरुष हुनुहुन्छ । त्यो बाहेक महिला वा फरक समुदायको भनिएको छ । वक्तव्यमा हेर्दा मैले समस्या देख्दिनँ । तपाईंहरुले भन्नुभएको कुरा हो भने त्यो संविधान र उसको भावना विपरीतको हुन्छ । मैले त्यो सुन्नमा आएको छैन। त्यो संविधानको खिलापमा हुन्छ ।’

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट