Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने


काठमाडौं । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन्।

नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं–६ मा पराजित भएका थिए । बारा–२ को लागि भोलि बस्ने बैठकले उम्मेदवार छान्ने गुरुङले बताए। चितवन–२, बारा–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपचुनाव हुँदैछ ।

उपचुनावका लागि उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले चैत २० गते सोमवारको समय तोकेको छ ।

नेपाली कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा स्वर्णीम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बारा(२ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । कुशवाह बारा(२ मा उपचुनावमा उम्मेदवार बन्नकै लागि माओवादी केन्द्र छाडेर केही दिनअघि जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार बन्दै छन्। बारा–२ मा कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले पनि उपेन्द्र यादवलाई सघाउने बताए पनि निर्णय भने भइसकेको छैन ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट