Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोदो खान झलनाथ खनालको सुझाव


काठमाडौं, ८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न सुझाव समेत दिए । आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको उनले उल्लेख गरे ।

सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए । उनले हरेक कुरालाई पराजय गर्नका लागि आत्मविश्वासको आवश्यकता रहेको भनाइ राखे ।

उनले भने, ‘मैले आफैँले भोगेका कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरूले कोदो खायो भने कम हुन्छ । मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन । मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ । म अहिले म्याराथनमा जाऔँ भने पनि तयार भनेको जस्तो छु । मान्छे आत्मविश्वासयुक्त भएर जानुपर्छ । म यो काममा लागिरहेको छु, सफलतापूर्वक गर्न सक्छु भनेर जानुपर्छ । राजनीतिज्ञमा पनि त्यो हुनुपर्छ नत्र नेतृत्व गर्न सक्दैन । नैतिकवान राजनीतिज्ञ मात्रै सधैं भर आफ्नो उचाइमा बसिरहन सक्छ ।’

पूर्वप्रधानमन्त्री खनालले नैतिकवान राजनीतिज्ञ मात्रै सधैंभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताए ।


क्याटेगोरी : राजनीति, स्वास्थ्य
ट्याग : #hot, #kodo

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट