Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिङ्गो देश एकताबद्ध हुनुपर्छः माधव सापकोटा


काठमाण्डौं, २५ जेठ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिङ्गो देश एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा राखेर गम्भीर गल्ती गरेको समेत बताए । भारतको त्यो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उनको भनाइ थियो ।

शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताए। उनले भने, ‘भारतले जे गर्‍यो, गल्ती गर्‍यो यसले भारतको उन्नति, प्रगति, हित छँदै छैन । किनभने विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा पुराना कुराहरूमा अलमल्लिएर नक्साको कुरामा मात्रै विवाद गर्ने भनेको भारत विश्व बजारको प्रतिस्पर्धामा आफूलाई खह्रो ढङ्गले लैजान सकिरहेको छैन भन्ने नै देखिन्छ । हाम्रा तर्फबाट कुटनीतिक ढङ्गले, राजनीतिक ढङ्गले सिङ्गो देश एकताबद्ध भएर भारतसँग वार्ता गर्नुपर्छ ।’

सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा दुई देशबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गरेको पनि दोहोर्याए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #madhav sapkota

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट