Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई


काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधवार दशरथ रङ्गशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । त्यसअघि मच्छिन्द्रका लागि खेलको ५ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा सातदोबाटोका लागि खेलको १८ औँ मिनेटमा जोर्डन ओवानाले गोल गरेका थिए ।

उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको सातदोबाटोले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट