थ्री स्टार क्लब तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

काठमाडौं । थ्री स्टार क्लब २२ औैँ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।
एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । थ्री स्टारका लागि लाखेन लिम्बुले गोल गरे ।
थ्री स्टारले फाइनल प्रवेशका लागि अब आउँदो बुधवार सुदूरपश्चिम–११ सँग खेल्नेछ । रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता छ । उपाधि जित्नेले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया