Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मनाङ तिलोत्तमा गोल्ड कपको फाइनलमा


काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।

बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।

मनाङले अब उपाधिका लागि पर्सि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । हिजो बुधवार थ्री स्टार क्लबलाई १–० गोलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

तिलोत्तमा गोल्ड कपको उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट