Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालले जित्यो ‘थ्री नेसन्स’ कपको उपाधि : लाओस २–१ ले पराजित


काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपको उपाधि जितेको छ । फाइनलमा लाओसलाई २–१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले ३ हजार डलर पुरस्कार पाएको छ । फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै ५ सय डलर प्राप्त पारे ।

प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट