Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फिफा वरीयतामा नेपालको सुधार, अर्जेन्टिना ६ वर्षपछि शीर्ष स्थानमा


काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयतामा १ स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १ स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल ९ सय ६३ अङ्कका साथ १ सय ७४ औँ स्थानमा छ । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो ।

यसैबीच विश्व विजेता अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो वरीयताअनुसार अर्जेन्टिना १ स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको हो । यसअघि अर्जेन्टिना दोस्रो स्थानमा थियो । गएको डिसेम्बरमा कतारमा भएको विश्व कपको उपाधि जितेको अर्जेन्टिना यसअघि सन् २०१७ मा शीर्ष स्थानमा थियो । अर्जेन्टिना सन् २०१८ मा चौथो, २०१९ मा नवौँ, २०२० मा सातौँ, २०२१ मा पाँचौँ र २०२२ मा दोस्रो स्थानसम्म उक्लिएको थियो ।

फिफा वरीयताको दोस्रो नम्बरमा कतार विश्व कपको उपविजेता फ्रान्स उक्लिँदा ब्राजिल तेस्रो स्थानमा झरेको छ । यस्तै बेल्जियम, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन शीर्ष १० स्थानमा अटाएका छन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट