Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इङ्लिस प्रिमियर लिग : सिटीको जित, चेल्सीलाई उल्भ्सले हरायो


काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई हराएको छ । गएराति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–१ गोलले हराएको हो ।

सिटीका एर्लिङ हालाण्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले एकरएक गोल गरे । साउथह्याम्पटनका सेकोउ माराले एक गोल फर्काए । जितसँगै सिटीले २९ खेलमा ६७ अङ्क जोडेको छ । सिटी अङ्कतालिकाको दोस्रो स्थानमा छ ।

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सीलाई उल्भ्सले १–० गोलले हराएको हो । उल्भ्सका माथुएस नुनेसले खेलको ३१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै उल्भ्सले ३० खेलमा ३१ अङ्क जोडेको छ । उल्भ्स १२औँ स्थानमा छ । समान खेलमा चेल्सी ३९ अङ्कका साथ ११औँ स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत गएराति नै भएका खेलमा टोटनह्यामले ब्राइटनलाई र न्युक्यासलले ब्रेन्टफोर्डलाई समान २–१ गोलले हराएको छ । एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई २–० ले हरायो । वेस्ट ह्यामले फुलह्यामलाई तथा बर्नमाउथले लेस्टर सिटीलाई १–० गोलले हराएको छ ।

हिजो भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० गोलले हराएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट