Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालले एसिया कप खेल्ने सम्भावना उच्च


काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप क्रिकेट भोलि मङ्गलवारदेखि नेपालमा सुरु हुँदैछ । नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

पहिलो खेलमा नेपालले भोलि मलेसियासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । मलेसियासँगका पछिल्ला पाँच वटा खेलमा नेपाल सबैमा विजयी भएको छ । भोलिको अर्को खेलमा हङकङ र सिङ्गापुरले मुलपानी मैदानमा खेल्नेछन् ।

आज भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने उच्च सम्भावना रहेको दाबी गरेका छन् । विश्व कप क्रिकेट लिग–२ मा पाएको सफलता र पछिल्लो १५ दिनको अभ्यास हेर्दा नेपालले एसिया कप खेल्ने सम्भावना आफूले देखेको रोहितको भनाइ छ । नेपालको ओपनिङदेखि अन्तिमसम्मको ब्याटिङ तथा बलिङमा पनि निकै सुधार आएको उनको दाबी छ ।

प्रिमियर कपको समूह ुएु मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया तथा समूह ुबीु मा यूएई, हङकङ, कुबेत, सिङ्गापुर र बहराइन छन् । प्रिमियर कपको उपाधि जित्ने टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #Circket Nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट