Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जावलाखेलले फ्रेन्ड्सलाई ४–१ गाेलले हरायाे


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ ।

आज बिहीवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४–१ गोलले हरायो । जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १र१ गोल गरे । फ्रेन्ड्सका श्यामबाबु क्यापछाकीले १ गोल फर्काए ।

यो जितसँगै जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जावलाखेलको १७ खेलमा ३० अङ्क छ । फ्रेन्ड्स उति नै खेलमा १९ अङ्कसहित ११ अ‍ौँ स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट