Techie IT
  • ८ जेठ २०८१, मंगलबार
Jhilko

आईपीएल क्रिकेट : मुम्बईले गुजरातलाई २७ रनले हरायो


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले हराएको छ ।

गएराति वाङखडेमा भएको खेलमा मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । उसका राशिद खानले अविजित ७९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । डेभिड मिलर ४१ रनमा आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका सूर्य कुमार यादवले शतकीय पारी खेले । उनले ४९ बलमा १ सय ३ रन बनाए । यादवको आईपीएल क्रिकेटमा पहिलो शतक पनि हो । इशान किसन ३१, विष्णु विनोद ३० र कप्तान रोहित शर्मा २९ रन बनाएर आउट भए ।

गुजरातका राशिद खानले ४ तथा मोहित शर्माले एक विकेट लिए । जितसँगै मुम्बई १२ खेलमा १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा कायमै रहेको गुजरातको १२


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट